२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

रास्वपा संसदीय दलका नेतामा बालेन शाह बने

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेतामा बालेन शाह चयन भएका छन्।

आज केन्द्रीय कार्यालय च:मतिमा बसेको बैठकले सर्वसम्मत रूपमा शाहलाई संसदीय दल नेता चयन गरेको हो।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बालेन शाह संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा केन्द्रीय समिति र संसदीय दलको नेताको रूपमा सभापतिद्वारा गरिएको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ,’ प्रवक्ता मनिष झाले भने। शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर रास्वपा फागुन २१ को निर्वाचनमा गएको थियो भने झन्डै दुई तिहाइ सिट जितेको छ।

 सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय दल नेता चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको थियो।

केन्द्रीय समिति बैठक सकिएपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो।

रास्वपाको संसदीय दल नेता चयन भएसँगै बालेन शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।