२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

आज देखि मुग्लिन–नागढुंगा सडक खण्ड तीन दिन राति ६ घण्टा बन्द हुने

चितवन । 

मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्यका लागि  चैत १७ गतेदेखि तीन दिनसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सडक निर्माण कार्यलाई तीव्रता दिन र सडक खण्डमा पटक–पटक हुने सवारी अवरोधलाई व्यवस्थित गर्न राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको जनाएको छ ।प्रशासनका अनुसार चैत १७ गतेदेखि चैत १९ गतेसम्म ३ दिन प्रत्येक रात १० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ । यो समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाइएको छ ।मुग्लिन–नागढुंगा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत सडक स्तरोन्नति गर्ने क्रममा भिरकाटानी तथा अन्य प्राविधिक काम गर्नुपर्ने भएकाले यात्रुको सुरक्षा र कामको सहजताका लागि यस्तो कदम चालिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।