काठमाडौं । कम्बोडियामा बिनाभिसा बसिरहेका १२ नेपालीको उद्धार गरिएको छ । उद्धार गरी मंगलबार (चैत १७) उनीहरूलाई स्वदेश फर्काइएको थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ ।विभिन्न व्यक्तिको प्रलोभनमा परी उनीहरू कम्बोडिया पुगेका थिए । उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन ‘स्क्यामिङ’ केन्द्र, क्यासिनोमा अनलाइन ठगी तथा अरू विभिन्न गैरकानुनी काममा लगाइएको थियो । कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको दूतावासले जनाएको छ ।“यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको छ,” दूतावासले भनेको छ ।








