२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

रसुवागढी नाका बन्द हुने

 रसुवागढी 

नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक रसुवागढी नाका  जोड्ने  स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड स्तरोन्नति गर्नका लागि बुधबारदेखि १५ दिन बन्द हुने भएको  हो । 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका अनुसार सडकका १० वटा अप्ठ्यारा ठाउँमा रिटेनिङ वाल लगाउन र सडकलाई दुई लेनमा विस्तार गर्न यातायात बन्द गर्न लागिएको हो ।आयोजनाका अनुसार आगामी ३ महिनासम्म प्रत्येक अंग्रेजी महिनाको १ देखि १५ तारिखसम्म सडक बन्द गरिनेछ । जसअनुसार यो पटक बुधबारदेखि २ वैशाखसम्म सडक बन्द रहनेछ । गत असार २४ गते चीनतर्फबाट आएको बाढीका कारण क्षतिग्रस्त बनेको यो खण्ड अहिले निकै साँघुरो र जोखिमपूर्ण छ । चीन सरकारको साढे ६ अर्ब रुपैयाँ अनुदानमा चिनियाँ कम्पनी ‘सिचाङ थियान्लु’ले यो १५.५ किलोमिटर सडकको स्तरोन्नति गर्ने जिम्मा पाएको छ । 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।