२०८३ आश्विन १ बिहीबार
Search
२०८३ आश्विन १ बिहीबार

दलित बालिकाको दुई सातापछि उद्धार,

सप्तरी— दुई सातापछि उद्धार गरिएकी सप्तरीको सुरुङ्गा नगरपालिका–३ की १४ वर्षीया दलित बालिकालाई गर्भपतन गराउन बेपत्ता पारेको खुलेको छ । 

बुवाआमा गुमाएकी ती बालिकाको स्थानीय रीता यादवले संरक्षणको जिम्मेवारी लिएकी थिइन् भने बालिका उनकै घरमा पछिल्लो ८ वर्षयता घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन् । चैत ३ मा बालिकालाई अचानक बेपत्ता पार्दा आफन्तले सोधखोज गर्दै बालिकाका दुई जना दिदीको घरसम्म पुगेका थिए ।

तर, दिदीकहाँ पनि बालिका नभेटिँदा तथा उनकी दिदीहरूसमेत सम्पर्कविहीन रहँदा आफन्तले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिए । उजुरीअनुसार रीताका श्रीमान् महेश्वर यादवले बलात्कार गरेको र आफन्त धर्म यादवको सहयोगमा गर्भपतन गराउन बालिकालाई बेपत्ता पारेको एवं घटना लुकाउन बालिकाका दिदीहरूलाई पनि बन्धक बनाएर राखिएको पत्ता लागेको थियो ।

बिहारको जोकहीमा बन्धक बनाइएका बालिकाका दिदीहरू डेढ सातामा त्यहाँबाट निस्किन सफल भएपछि प्रहरीमा पुगेका थिए । उनीहरूले दिएको बयानअनुसार पुगेको प्रहरीले बालिकाको उद्धार गरेको हो । बालिकाका दिदीहरूले नै उनीहरूविरुद्ध प्रहरीमा जाहेरीसमेत दिएका छन् । 

बालिकाका दिदीका अनुसार महेश्वरले बहिनी (बालिका) सिकिस्त बिरामी रहेको भन्दै फोन गरेर सिरहाको लहान बोलाएको र त्यसपछि धम्क्याउँदै बिहारको जोकही पुर्‍याएर तीनै जना दिदीबहिनीलाई बन्धक बनाएर राखेका थिए । ‘लहानको क्लिनिकमा पुग्दासम्म बहिनीको गर्भपतन गराइसकेको थियो । बहिनीसँग कुरा गर्दा महेश्वरले ३/४ महिनादेखि यौन शोषण गर्दै आएको र २ महिनाको गर्भ बसेको बताइन्,’ बालिकाकी दिदीले लाल बिहानी संग भनिन्, ‘हामी दिदीबहिनी लहानबाटै घर फर्किन्छौं भन्दा महेश्वरले फसाइदिने धम्की दिँदै जोकही पुर्‍यायो ।’

 
 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।