२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

चैत २२ गते सभामुखको निर्वाचन गर्ने कार्यतालिका

 

सभामुखका लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ।

आगामी चैत २२ गते सभामुखको निर्वाचन गर्ने कार्यतालिका निकालिएको छ। जसअनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो।

‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते आइतवार विहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गर्ने गरी सभामुख ज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय निर्धारण गर्नु भएकोले सोही नियमावलीको नियम ७ को उपनियम (१) को प्रयोजनको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ,’ संसद सचिवालयले बिहीबार कार्यतालिका प्रकाशन गर्दै भनेको थियो।

संसद सचिवालयका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।

शुक्रबार दिउँसो २ः३० बजे संसद सचिवालयले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

एकभन्दा बढी उम्मेदवारी परे चैत २२ गते बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचन प्रक्रिया अघि बढ्ने छ।

तर एकभन्दा बढी उम्मेदवारी पर्ने सम्भावना कम छ। राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दल बैठकले अर्याललाई उम्मेदवार बनाउने प्रस्ताव पास गरेको थियो।

 
 

 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।