अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एउटा अनौठो खुबी छ । उनी अमेरिकाको प्रतिद्वन्द्वी मुलुकहरूलाई अमेरिकाविरुद्ध उल्टै थप सशक्त बनाइदिन सक्छन् । चीनसँग व्यापार युद्ध सुरु गरे । युद्धकै कारण चीनले ‘रेयर अर्थ’ र ‘क्रिटिकल मिनिरल’ मा रहेको आफ्नो दबदबाको प्रयोग गर्दै अमेरिकालाई भन्सार महसुल घटाउन बाध्य पारिदियो । त्यसैगरी ट्रम्पले अहिले इरानमा हमला गरेका छन् । इरानले लामो समयदेखि धम्काउँदै आएको काम अहिले साँच्चिकै लागु गर्यो । स्ट्रेट अफ हर्मुज बन्द गरिदियो । बेइजिङजस्तै तेहरानले पनि पश्चिमाहरूलाई आर्थिक चोट पुर्याउने ठाउँ थाहा पाइहाल्यो । अहिले इरानले हर्मुजमा गरेको कडाई हेर्दा उसलाई अमेरिका–इजरायलको आक्रमणबाट जोगिने लक्ष्यमात्रै होइन कि जस्तो भान हुन्छ । खासमा जारी युद्ध पश्चात अन्तर्राष्ट्रिय रूपमा थप सशक्त भएर उठ्ने अभिलाषा पालेको जस्तो देखिन्छ । इरानले धेरै ठुलो प्रहार सामना गरिरहेको छ भन्नेमा कुनै शङ्का छैन । त्यहाँको मुख्य नेता तथा अन्य धेरै वरिष्ठ सल्लाहकारहरू पनि लडाइँको पहिलो दिनमै मारिएका थिए । उसका जहाज, क्षेप्यास्त्र प्रहार गर्ने ‘लन्चर’ तथा ‘कमान्ड सेन्टर’ हरूमा बारम्बार हमला भएको छ । इरानी अर्थतन्त्र ठुलो समस्यामा छ । महँगी चरममा छ । तर युद्ध मैदानमा इरान डटिरहेको छ । केवल डटिरहेको मात्रै छैन, उसले आफ्ना छिमेकी खाडी मुलुकहरूमा ठुलो क्षति गराउन सक्ने तागत देखाइरहेको छ । साउदी अरब र युएईमा प्रहार गर्दै उनीहरूको दीर्घकालीन भविष्यमा ठुलो प्रश्न चिह्न खडा गरिरहेको छ । स्ट्रेट अफ हर्मुजले इरानका लागि आगामी दिनमा असाध्यै महत्त्वपूर्ण हुने उल्लेख्य आम्दानी दिलाउने पनि देखाएको छ । इरानले स्ट्रेट अफ हर्मुजबाट पार हुने जहाजसँग २० लाख डलर शुल्क लिएको खबर आएका छन् । सामान्य अवस्थामा त्यहाँबाट हरेक दिन औसत १४० हाराहारी जहाज वारपार हुन्छन् । यही हिसाबमा हेर्दा त इरानले हर्मुजमा शुल्क उठाउन थाल्यो भने महिनैपिच्छे अर्बौं डलर जम्मा गर्ने देखियो ।
खासमा सैन्य तरिकाबाट हर्मुजको गल्छी खोल्ने सम्भावनाबारे पश्चिमा सैन्य रणनीतिकारहरू नै आशावादी छैनन् । त्यहाँको भूगोल तथा इरानसँग भएको प्रविधिले धेरै अप्ठ्यारो पारेको छ । समुद्री किनाराभन्दा धेरै टाढाबाट उसले ड्रोन पठाउन सक्छ । त्यसो हुनाले समुद्रमा गरिने सैन्य गस्तीले मात्रै व्यापारिक जहाजको आवतजावत सुरक्षित बनाउन सकिन्न ।
यो प्रश्नको उत्तर निरुत्साहित गर्ने खालको छ । अर्थात् अमेरिकाले इरानमा सत्तापलट गराउने गरी सैन्य विजय हासिल गर्दैन होला । अमेरिकाले अहिले मध्यपूर्वमा आफ्ना स्थल सेना जम्मा गर्दैछ । केही दिन अघि एउटा अन्तर्वार्तामा ट्रम्पले आफूहरू खर्ग टापु कब्जा गर्न तयार रहेको बताएका थिए । तर त्यस्तो कब्जाले पनि हर्मुजको समस्या समाधान गर्दैन । खासमा सैन्य तरिकाबाट हर्मुजको गल्छी खोल्ने सम्भावनाबारे पश्चिमा सैन्य रणनीतिकारहरू नै आशावादी छैनन् । त्यहाँको भूगोल तथा इरानसँग भएको प्रविधिले धेरै अप्ठ्यारो पारेको छ । समुद्री किनाराभन्दा धेरै टाढाबाट उसले ड्रोन पठाउन सक्छ । त्यसो हुनाले समुद्रमा गरिने सैन्य गस्तीले मात्रै व्यापारिक जहाजको आवतजावत सुरक्षित बनाउन सकिन्न ।त्यसो हुँदा इरानसँगको सम्झौता नै फेरि पनि सबैभन्दा यथार्थवादी विकल्पका रूपमा अगाडि आइपुग्छ । तर सम्झौताका लागि इरानले ठुलो माग गर्ने सम्भावना छ । इरानी सत्ताको आँखा भविष्यको आम्दानीको ठुलो स्रोतमा छ । साथै उसलाई संसारका सबै मुलुकलाई सजाय वा सहयोग दुवै दिलाउन सक्ने हतियार पनि हत्याउनु छ ।

आफ्नै पाराका सम्झौताकार मानिने ट्रम्प भने भौँतारिएर हिँडेका छन् । भर्खरै उनले इरानको सम्झौता शैली ‘अनौठो’ लागेको बताएका छन् । गत हप्ता उनले ‘आफू र आयोतल्लाह’ मिलेर हर्मुज सञ्चालन गर्ने बताएका थिए । साथै केही मानिसहरू यसैलाई लिएर इरानसँगको सम्झौता भाँड्न लागेको पनि उल्लेख गरेका थिए । तर इरानीहरूले भने वार्तामा चासो देखाएकै छैनन् ।
इरानका छिमेकीको चिन्ता दिनानुदिन बढ्दैछ । युद्ध पश्चात इरान थप सशक्त हुँदै खाडी क्षेत्रको ऊर्जा निर्यातमै व्यावहारिक नियन्त्रण कायम गर्न आउला भन्ने उनीहरूको पिर छ । साथै आम्दानीको नयाँ अवसर उसले मात्रै पाउने हो कि भन्ने चासो पनि त्यतिकै जायज छ । युएई र साउदी अरब त परिणाम स्वीकार्नु भन्दा युद्धमै सामेल हुन खोज्दैछन् भन्ने अनुमान हुन थालेको छ ।
तर इरानले उनीहरूको तेल प्रशोधन केन्द्र तथा पानी शुद्धीकरणको अड्डामा आक्रमण गरेको खण्डमा अर्थतन्त्र एवं समाजमै दीर्घकालीन असर पर्ने कुरा उनीहरूलाई राम्रोसँग थाहा छ । अन्ततः उनीहरू बरु लडाइँमा जानुको सट्टा इरानलाई पैसा तिरेरै भए पनि जोगिने बाटोमा जाने सम्भावना छ ।









