वीरगन्ज :
पर्साको पोखरियास्थित मालपोत कार्यालयबाट प्रहरीले तीन जना बिचौलियालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरियाबाट शुक्रबार खटिएको प्रहरी टोलीले मालपोत कार्यालयबाट तीन जना बिचौलियालाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएकाहरुको नाम भने खुलाएको छैन । मालपोत कार्यालयमा अनावश्यक रुपमा प्रवेश गरेर सेवाग्राहीलाई हैरान पार्ने कार्यमा संलग्न असम्बन्धित तीन जना व्याक्तिलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । कार्यालयभित्र छिरेर सेवाग्राही र कर्मचारीलाई दुःख दिने गुनासो आएपछि तीन जनालाई नियन्त्रणमा लिइएको उनले बताए । नियन्त्रणमा लिइएका तीनै जनालाई ईलाका प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए । पौडेलले भने, ‘उनीहरुले आफू लेखापढी व्यवसायी भएको दाबी गरेका छन् ।








