२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

चैत २१ देखि २७ गतेसम्मको साप्ताहिक राशिफल

 

  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको चैत २१ गते शनिबारदेखि चैत २७ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा नयाँ कार्यको जिम्मेवारी बढ्नेछ । भविष्यका लागि लगानीको समय छ । टाढाको यात्रा निकै फलदायी हुनेछ । भाग्यले साथ दिनेछ भने काममा सोचेअनुसारकै सफलता मिल्नेछ । नयाँ काम सुरु गर्ने मौका छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । वैदेशिक यात्राको अवसर मिल्नेछ । साताको अन्त्यमा पारिवारिक यात्राको योग छ ।

 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको प्रारम्भमा आतिथ्यपूर्ण सम्मान मिल्नेछ । महत्वपूर्ण निर्णय सोचेअनुसार नै अगाडि बढ्नेछन् । नयाँ कार्यको थालनी नगर्दा नै राम्रो हुनेछ । अरू कसैका कार्यमा लाग्दा सफलता पाउनुहुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यमा धार्मिक यात्राबाट सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) रोकिएका काम सुचारु हुने साता रहेको छ । रमाइलो यात्राका बिच आतिथ्यपूर्ण सम्मानको योग रहेको छ । पारिवारिक सहयोगमा नयाँ योजना बन्नेछन् । सौन्दर्यतामा धन खर्च हुनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । सेयर कारोबार गर्नेहरूका लागि अलि कमजोर समय रहने योग देखिएको छ । क्रियाकलापमा धन खर्च हुने योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वाकांक्षी योजनामा हात हाल्नु राम्रो देखिँदैन । कृषि–चौपायाबाट हानि पुग्न सक्छ । सामाजिक कार्यको जिम्मेवारी प्राप्तिको समय रहेको छ । पारिवारिक सम्बन्ध नजिकिँदै जानेछ । मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अवरोध हुन सक्ने सम्भावना रहेकाले संघर्षको सामना गर्नुपर्नेछ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रशस्त धनआर्जन गर्ने अवसर पाउनुहुनेछ । महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने समय आएको छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । साताको उत्तरार्द्धबाट व्यापार–व्यवसायमा बाधाको संकेत देखिएको छ । घर–व्यवहारको समस्याले सताउनेछ । प्रतिस्पर्धामा महत्वपूर्ण सफलता मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मन पर्ने वस्त्र, अलंकार आदि पाइने योग रहेको छ । मनमा हर्ष,उमंग र उत्साह छाउला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । साझेदारीको कार्यबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साताको अन्त्यमा महत्वपूर्ण सूचना गोप्य राख्नुपर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साताको प्रारम्भमा मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुने योग रहेको छ । प्रतिस्पर्धामा विजयी हुने संकेत देखिएको छ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्राको योग रहेको छ । व्यापार–व्यवसायमा सफलता मिल्नेछ । आफन्तसँग रमाइलो भेटघाट पनि हुनेछ । आकस्मिक धनलाभ हुनाले मनमा हर्ष, उमंग र उत्साह छाउनेछ । साताको अन्त्यमा नजिकका मित्रसँग भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साताको प्रारम्भमा सरकारी कार्यमा मानसम्मान प्राप्तिको योग रहेको छ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । आकस्मिक धनलाभ हुनेछ । मनमा हर्ष,उमंग र उत्साह छाउनेछ । नजिकका मित्रसँग भेटघाटले नयाँ कार्यको थालनी हुनेछ । साताको अन्त्यमा चोटपटकको योग रहेकाले सावधानी अपनाउनु नै उपयुक्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) लगनशीलताले काम अगाडि बढ्नेछन् । कर्मसिद्धिको समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । नयाँ ठाउँमा लगानीका योजना बन्नेछन् । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुने संकेत देखिएको छ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् । साताको अन्त्यमा टाढिएका मित्रसँग नजिकिने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना रहेको छ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्ने योग रहेको छ । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । नाता–कुटुम्वको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना रहेको छ ।  अनावश्यक ठाउँमा धन खर्च बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) लामो समय देखि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धार्मिक तथा महत्वको क्षेत्रको भ्रमणको अवसर मिल्नेछ । रोकिएका अधुरा काम पूरा हुनेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । साताको अन्त्यमा परोपकारका क्षेत्रमा सहयोगको भावना जागृत हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) श्रमको उचित मूल्यांकन हुने साता रहेको छ । पढाइमा प्रगति हुनुका साथै नयाँ कार्यको थालनी हुनेछ । समय उत्साहवर्द्धक नै रहनेछ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । साताको अन्त्यमा भूमि र वाहनबाट लाभ मिल्ने योग रहेको छ । प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।