२०८३ कार्तिक १७ सोमबार
Search
२०८३ कार्तिक १७ सोमबार

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

 

   आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सम्पूर्ण सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् । सरकारले आइतबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको हो।

मध्यपूर्वमा भएको युद्धले मुलुकमा पेट्रोलियम संकट बढ्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले  सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको छ। निर्णय गरेलगत्तै आइतरबार नै राजपत्रमा सूचना प्रकाशित भएको हो। कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ४ बजे कार्यालय बन्द हुनेछन्।

यसैबीच राष्ट्र बैंकले पनि आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ४ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म कार्यालय सञ्चालन गर्न परिपत्र गरेको छ।

 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।