२०८३ बैशाख ११ शुक्रबार
Search
२०८३ बैशाख ११ शुक्रबार

प्रधानमन्त्रीको निर्देशन– ‘सुकुम्बासी बस्ती हटाउने तयारी

 

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्ती हटाउने तयारी गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्री सुधन गुरुङको राजीनामापछि आफैंले गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका उनले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको भेटमा आउँदो शनिबार र आइतबारबाट बस्ती हटाउने तयारी सुरु गर्न निर्देशन दिएका हुन् ।

अभियानको सुरुवात काठमाडौं उपत्यकाबाट गर्ने तयारी गरिएको उच्च सुरक्षा स्रोतले जानकारी दिए । काठमाडौं महानगरपालिकाका मेयर रहँदा पनि शाहले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारको असहयोगका कारण अभियानले सार्थकता पाउन सकेको थिएन ।

बस्ती हटाउन असहयोग गरेको भन्दै शाहले तत्कालीन सरकारको खुलेर आलोचना गर्ने गर्दथे । उनले तत्कालीन गृहमन्त्री रवि लामिछाने, नारायणकाजी श्रेष्ठ लगायतसँग पनि सुकुम्बासी बस्ती हटाउन सहयोग गर्न भनेका थिए । विगतमा पटकपटक काठमाडौंको थापाथली, पेप्सीकोलालगायत क्षेत्रमा रहेका सुकुम्बासी हटाउन खोज्दा झडपको अवस्था निम्तिएको थियो ।

 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।