काठमाण्डौ,असौज ५ : प्रहरीले काठमाडौंको भेडासिंहबाट बरामद सुनजस्तो देखिने १ हजार ४ सय ६६.६८ ग्राम गरगहना तथा धातुका सामग्री र ७ लाख ५६ हजार रुपैयाँ नगद बरामद गरेको छ।
उक्त गरगहना र नगदसँगै नियन्त्रणमा लिइएका ४१ वर्षीय मानिक दासलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
बरामद सामग्री र त्यसको स्रोतबारे जानकारीका लागि सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।












