२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए

 

काठमाण्डौ असौज ५ : ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौंको त्रिपुरेश्वरमा बसका चालकले बसमै आगो लगाएका छन् । रिद्धिसिद्धि यातायातका चालकले आगो लगाएका हुन्। उनी आगो लागेर घाइते भएका छन् । 

उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलीप घिमिरेले लालबिहानीलाई बताए । 

बस त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै थियो । खाली रहेको बस बन्द गरी भित्र बसेर चालकले आगो लगाएका हुन् ।

कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको छ।

‘उहाँको स्वास्थ्य अवस्था गम्भीर छ‘ उनले लालबिहानीलाई भने ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।