२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

एमाले केन्द्रीय कमिटी बैठक सुरु

 

काठमाण्डौ असौज ५ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा पार्टीको सचिवालय बैठकले तय गरेका एजेन्डामाथि छलफल भइरहेको छ।

आज बिहान बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि विभिन्न एजेन्डा तय गरेको थियो । बैठकमा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन पनि केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने बताइएको छ।

केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशाबारे समेत छलफल गर्नेछ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।