२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

चीनबाट फर्किए लगत्तै इरानको आणविक कार्यक्रम २० वर्ष रोक्ने ट्रम्पकाे अभिव्यक्ति

 

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई २० वर्षका लागि निलम्बन गर्न आफूलाई कुनै आपत्ति नभएको बताएका छन्। एयर फोर्स वान विमानबाट चीनको भ्रमण सकेर अमेरिका फर्किने क्रममा शुक्रबार उनले इरानले आणविक हतियार राख्न नपाउने कुरामा जोड दिए।

अमेरिकी राष्ट्रपतिले शुक्रबार चिनियाँ राष्ट्रपति सि जिनपिङ पनि इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने पक्षमा रहेको बताए। ट्रम्पले पत्रकारहरूसँग भने, ‘चिनियाँ राष्ट्रपति शि जिनपिङ इरानसँग आणविक हतियार नभएको कुरामा पूर्ण विश्वस्त हुनुहुन्छ र उहाँ इरानले स्ट्रेट अफ होर्मुज  खोलोस् भन्ने चाहनुहुन्छ।’

चीनबाट फर्किए लगत्तै इरानको आणविक कार्यक्रम २० वर्ष रोक्ने ट्रम्पकाे अभिव्यक्ति

चीन भ्रमणबाट फर्किएपछि अमेरिकी पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानबाट तेल खरिद गर्ने चिनियाँ तेल कम्पनीहरूमाथि लगाइएको प्रतिबन्ध हटाउने विषयमा आगामी केही दिनभित्रै निर्णय लिने बताए। यसका साथै उनले चीनले अमेरिकाबाट अर्बौँ डलर बराबरको भटमास खरिद गर्ने जानकारी दिँदै यो अमेरिकी किसानहरूका लागि राम्रो समाचार भएको उल्लेख गरे। ताइवानसँग जोडिएका प्रश्नहरूमा ट्रम्पले आफूले अहिलेसम्म ताइवानलाई हतियार उपलब्ध गराउने स्वीकृति नदिएको स्पष्ट पार्दै भविष्यमा त्यसो गर्न पनि सक्ने वा नगर्न पनि सक्ने बताए। उनले भने, ‘ताइवानप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन आएको छैन।’

ट्रम्पले ताइवानको मुद्दामा चिनियाँ राष्ट्रपति शि जिनपिङसँग कुराकानी भएको पत्रकारहरूलाई जानकारी दिए। उनले ताइवानलाई लिएर कुनै सैन्य द्वन्द्व हुने आफूलाई नलागेको बताए। यद्यपि, उनले ताइवानको विषयमा चीनलाई कुनै आश्वासन भने दिएनन् ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।