२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

अमेरिकामाथि नेपालको शानदार जित

 

काठमाडौं : आईसीसी विश्वकप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको सानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रन बनाउँदै अलआउट भएको थियो। अमेरिकाले दिएको १९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा १ विकेटको क्षतिमा १९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक १२० रनको अविजित शतकीय पारी खेले । उनले ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि ओपनर आसिफ शेखसँग १४५ रनको शतकीय साझेदारी बनाएका थिए । आसिफ शेख २६.३ ओभरमा पहिलो विकेटको रुपमा पेभेलियन फर्किए। उनले ७२ बलमा ८ चौकासहति ५८ रन बनाए। वान डाउन आएका डेब्यूटेन्ड इशान पाण्डे २० रनमा अविजित रहे। अमेरिकाको लागि एक मात्र विकेट मोहम्मद मोसिनले लिएका थिए। 

त्यस अघि  ब्याटिङ गरेको अमेरिकाको लागि र स्मित पटेलले सर्वाधिका ८३ रनको पारी खेले । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। उनले दोस्रो विकेटको लागि सेहान जयसुरियासँग १०० रनको शतकीय साझेदारी बनाएका थिए। पहिलो विकेटको रुपमा ओपनर ब्याटर सयान जहाङ्गिर ६ रनमा सोमपाल कामीको हातबाट बोल्ड भएका थिए । 

दोस्रो विकेट सेहन जयसुरियाको गयो। उनले ५२ बलमा ५ चौका र १ छक्कासहित ५० रनको पारी खेले। कप्तान साइतेजा मुक्कामल्ला ४ रनमा सन्दीप लामिछानेको बलमा बोल्ड भए। शुभम रञ्जाने २ रनमा आसिफ शेखको हातबाट रनआउट भएका थिए ।

सातौं विकेटको रुपमा मिलिन्द कुमार २८ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा एलबीडब्ल्यू आउट हुँदै पेभेलियन फर्किए । त्यसपछि भने अमेरिकाले ३ रन बटुल्न २ विकेट खेर फाल्यो। हर्मित सिंह अनितम विकेटको रुपमा १४ रनमा क्याच हुँदा अमेरिका ४३.३ मा अलआउट भएको हो। नेपालका लागि बलिङ तर्फ दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले १–१ विकेट लिए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।