२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

जे सुकै गाली गर्नुस्, डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहन्छु : हर्क साम्पाङ

 

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले बालेन शाह नेतृत्वको सरकारको जमेर विरोध गरिरहने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साम्पाङले यस्तो बताएका हुन् । 

उनले सुकुमबासी, अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाएर डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहने बताएका हुन् । जसले जेसुकै गाली गरेपनि विरोध गरिरहने उनले बताए । 

उनले लेखेका छन्,‘जसले मलाई जे सुकै गाली गर गर्दा हुन्छ तर सुकुमबासी अव्यवस्थित बसोबासीहरुलाई उठिबास लगाएर डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहन्छु म ! आतातायी सरकार !’ व्यवस्थापन बिनानै सरकारले सुकुमबासी बस्तीहरूमा डाेजर चलाएपछि साम्पाङ सरकारसँग असन्तुष्ट छन् ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।