२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

साढे ५४ लाख रुपैयाँ लुकाएर मलेसिया उड्दै थिए नेपाल एयरलाइन्सका कर्मचारी

काठमाडौं : ५४ लाख  ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका सवारी चालक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका -१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने ५० वर्षीय कमल नारायण विश्वास रहेका छन् । उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र ग्राउन्ड इक्युपमेन्ट अप्रेटर (जीईओ) का रूपमा कार्यरत थिए । 

null सोमबार राति साढे ८ बजे बटिक एयरको एडान नम्बर ओडी १८१ बाट भिजिट भिसामा काठमाडौंबाट मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने क्रममा विमानस्थल प्रहरीले उनलाई पक्राउ गरेको हो ।  चेकजाँचका क्रममा उनले कालो रंगको लगेजमा फलामको कराइभित्र स्वदेशी तथा विदेशी मुद्राहरू अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो । उनको राहदानी चेकजाँच गर्दा मुद्राको दरपिठ भएको नदेखिएको एवं नेपालबाट विभिन्न समयमा २६ पटक बाह्य मुलुकतर्फ यात्रा गरेको देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राज कुमार सिलवालले बताए । उनलाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ । 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।