२०८३ जेष्ठ २१ बिहीबार
Search
२०८३ जेष्ठ २१ बिहीबार

इन्टरपोलमार्फत झिकाइएकी टिकटकर तुलसा अधिकारी जेल चलान

 

काठमाडौँ : ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि जेल चलानकोआदेश गरेको छ । अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।उनलाई इन्टरपोलको सहयोगमा यही जेठ १७ गते थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो  । उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा दायर भएको छ । पक्राउ पर्नु अघि उनले सामाजिक सञ्जालबाटै प्रतिवाद सहित विभिन्न प्रतिक्रिया दिँदै आएकी थिइन् ।

अधिकारीविरुद्ध कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) जस्ता गम्भीर कसूरमा मुद्दा दायर भएको छ । यस प्रकरणमा अधिकारीसहित १० जनालाई प्रतिवादी बनाइएको अदालतले जनाएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।