२०८३ जेष्ठ २३ शनिबार
Search
२०८३ जेष्ठ २३ शनिबार

चीनका राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको ‘दुर्लभ’ भ्रमणमा जाँदै

 

काठमाण्डौ  : चीनका राष्ट्रपति सी जिनपिङ अर्को साता उत्तर कोरियाको दुर्लभ भ्रमणमा जाने भएका छन् । यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमण गरेको केही सातापछि हुन लागेको हो ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले शुक्रबार जनाएअनुसार, सी आगामी सोमबारदेखि सुरु हुने दुई दिने राजकीय भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्नेछन् । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले पनि भ्रमणको पुष्टि गरेको छ ।
सन् २०१९ पछि सीको यो पहिलो उत्तर कोरिया भ्रमण हुनेछ । यसलाई बेइजिङले आफ्नो ऐतिहासिक तर कहिलेकाहीँ जटिल रहने छिमेकीसँगको सम्बन्धलाई थप न्यानो बनाउने प्रयासका रूपमा हेरिएको छ । यो सीको यस वर्षको पहिलो विदेश भ्रमण पनि हुनेछ । सीको पछिल्लो विदेश भ्रमण गत अक्टोबरमा दक्षिण कोरियामा भएको एशिया प्यासिफिक इकोनोमी कर्पोरेशन समिट सम्मेलनमा भएको थियो, जहाँ उनले ट्रम्पसँग पनि भेट गरेका थिए।

त्यसयता विभिन्न देशका नेताहरू बेइजिङ भ्रमणमा पुगेका छन् । सीले सन् २०२६ मा मात्रै १७ जना विश्व नेताहरूलाई बेइजिङमा स्वागत गरिसकेका छन् र यसै साता लाओसका राष्ट्रपतिसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ । सी र किमको पछिल्लो भेट सेप्टेम्बरमा बेइजिङमा आयोजित सैन्य परेडमा भएको थियो । उक्त कार्यक्रममा किम विशेष अतिथिका रूपमा सहभागी भएका थिए भने पुटिन पनि उपस्थित थिए । तीनै नेताले त्यस अवसरमा असाधारण एकता प्रदर्शन गरेका थिए । विश्लेषकहरूका अनुसार आगामी भ्रमणले सीलाई विश्व राजनीतिमा प्रभावशाली मध्यस्थकर्ता र शक्ति केन्द्रका रूपमा प्रस्तुत हुने अर्को अवसर प्रदान गर्नेछ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले मे महिनामा चीन–उत्तर कोरिया आदानप्रदानले ‘दुवै पक्षको हित र क्षेत्रीय शान्ति तथा स्थिरतालाई सेवा गर्ने’ बताएकी थिइन् । सीको भ्रमणको समयलाई लिएर उनले ट्रम्प र किमबीच सम्भावित मध्यस्थकर्ताको भूमिका खेल्न खोजेको हुनसक्ने अड्कलबाजी पनि भइरहेको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीन पटक भेट गरेका थिए । उत्तर कोरियाको आणविक कार्यक्रम अन्त्य गराउने उद्देश्यले सुरु गरिएको त्यो कूटनीतिक प्रयास अन्ततः सफल हुन सकेन । तर ट्रम्पले त्यस किसिमको संवाद पुनः सुरु गर्न चाहेको संकेत पटक–पटक दिएका छन् । मे महिनाको मध्यतिर बेइजिङ भ्रमणका क्रममा ट्रम्प र सीबीच कोरियाली प्रायद्वीपको विषयमा पनि छलफल भएको थियो । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।