२०८३ असार ४ बिहीबार
Search
२०८३ असार ४ बिहीबार

श्रम सँस्कृति पार्टीले गर्‍यो बेल घेराउ गर्दै संसदमा नाराबाजी

काठमाडौं : श्रम सँस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि समय नै नमागेका श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न पाउनु पर्ने माग गर्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

रोष्ट्रम प्रयोग गरेर दलीय आधारमा बोल्न समय दिइरहेका सभामुखले श्रम संस्कृति पार्टीका सांसदलाई नबोलाई राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लागेका थिए । श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले बोल्नका लागि सभामुख डीपी अर्यालसँग समय माग गरेका थिए । तर, सभामुखले समय दिएनन् । तर रास्वपा सांसद रिमा विश्वकर्मालाई समय बोल्न समय दिएपछि श्रम सँस्कृतिका सांसदहरु बेल घेराउ र नाराबाजीमा उत्रिएका थिए । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।