२०८३ जेष्ठ ३० शनिबार
Search
२०८३ जेष्ठ ३० शनिबार

नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध

 

कास्की । कास्की प्रहरीले पोखराबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध एलएसडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध मगाइएको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएर उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नं. ७ स्थित हुलाक कार्यालय बाहिरबाट उक्त सामग्री बुझ्न आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट १ हजार पत्ता एलएसडी बरामद गरिएको छ ।अनुसन्धानबाट खुले अनुसार पर्यटकका रूपमा पोखरा आएका ती भारतीय नागरिक लेकसाइडस्थित एक होटलमा बस्दै आएका थिए। उनले आफू बसेकै होटलको ठेगानामा हुलाकमार्फत उक्त प्रतिबन्धित लागुऔषध मगाएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । पक्राउ परेका व्यक्तिमाथि अहिले लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद लागुऔषधको परिमाण, यसको सम्भावित बजार, कारोबार र यसमा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिइएको एसपी कार्कीले बताए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।