२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

नेपालमा समाजवाद कस्तो हुनुपर्छ ? भीम रावल

 

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले बोलीमा नभई व्यवहारमा लागू हुने समाजवाद आवश्यक रहेको बताएका छन् । सोमबार पूर्व प्रधानमन्त्री झलनाथ खनालको पुस्तक विमोचन कार्यक्रममा बोल्दै रावलले नेपालको हकमा समाजवादमा पुग्न चार वटा सुझाव दिएका हुन् ।

 

यस्ता छन् उनका चार सुझाव-

१. नेपालका कम्युनिस्ट पार्टीलाई राष्ट्रको सर्वोपरि हित राखेर जोड्ने समाजवाद आवश्यक छ ।
२. २००६ सालमा पुष्पलालले नेपालको आत्मनिर्भर स्वाधीन अर्थतन्त्र, कृषिमा किसानमाथिको शोषणको अन्त्य, असमान सबै सन्धि सम्झौताबाट मुक्त गर्ने समाजवादको कुरा गर्नुभएको थियो ।  त्यो व्यवहारमा हुनुपर्‍यो । ठुलठुला ग्रन्थ लेखेर मात्र केही हुँदैन ।
३. नेपाललाई संसारको अगाडि स्वाधीन र समृद्धि देश बनाउने समाजवाद आवश्यक छ । प्राकृतिक साधन, स्रोत, जनशक्ति राष्ट्रको सर्वोपरि हितमा उपयोग र सञ्चालन हुनुपर्‍यो । पार्टी नेतृत्वमा पुगेपछि विपरीत सिद्धान्त भएकाहरूसँग गठजोड गर्ने, निर्वाचनमा गठबन्धन गरेर वैज्ञानिक समाजवाद आउँछ ? काम गर्नुपर्‍यो । कामबाट प्रमाणित गरेर जनताको मन जित्नुपर्‍यो ।
४. कम्युनिस्टहरूले राष्ट्रवादी आन्दोलन गर्नुपर्छ । प्रधानमन्त्रीले भारतको जग्गा मिचेको छ भनेर मन्तव्य दिएका छन् । यस्तो बेला आवाज बन्द गरेर देशको सिमाना रक्षा गर्ने समाजवाद चाहियो । 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।