२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

भ्रष्टाचारको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 

कर्णाली प्रदेश –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तथा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार पलाँता गाउँपालिकाले आर्थिक वर्ष २०७५र७६ मा बेल्केढुङ्गा–लेखनवाडा वडा कार्यालय-दुर्सी-फागोटी सडक निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, विनियोजित बजेटबाट तोकिएको मापदण्डभन्दा कम निर्माण कार्य गरी सार्वजनिक रकम दुरुपयोग गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

विनियोजित बजेटको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन तथा तत्कालीन सहायक लेखापाल मुनिप्रसाद प्याकुरेलविरुद्ध जनही आठ लाख आठ हजार ६८० रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

त्यसैगरी तत्कालीन सबइन्जिनियर विनोदकुमार बम, सबइन्जिनियर नन्दबहादुर सिंह, बेल्केढुङ्गा-लेखनवाडा वडा कार्यालय-दुर्सी-फागोटी ग्रामीण सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलक्षिना बम तथा सचिव कमलबहादुर बमविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

यस्तै, पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने तथा वडा नं. ९ का तत्कालीन वडाध्यक्ष टक्कबहादुर बमविरुद्ध भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिम कैद तथा जरिवानाको मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।