२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

 

चनौटा, भदौ २८  : बाणगंगा नदीमा आएको बाढीमा फसेका ११ महिला र एक पुरुषसहित १२ जनाको सकुशल उद्धार भएको छ। कपिलवस्तु नगरपालिका–६, बर्मेलीस्थित बाणगंगा नदीमा बाढी आएपछि उनीहरू नदीमा फसेका थिए । सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले शनिबार राति उनीहरूको उद्धार गरेको हो।

उद्धार गरिएका सबैलाई सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीका गोपाल अधिकारीले लालबिहानीलाई जानकारी दिए । उद्धार गरिएकामा ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मिना वयम्बु र ४५ वर्षीया बेलमति सुनार छन्।

त्यस्तै ४५ वर्षीया सुश्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा र ३७ वर्षीय रेशम परियार रहेका छन् ।

बाढीका कारण नदीको बहाव बढेपछि उनीहरू जोखिममा परेका थिए। सशस्त्र प्रहरीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याएपछि ठूलो मानवीय क्षति हुनबाट जोगिएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले लालबिहानीलाई बताए ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।