२०८३ भाद्र २७ शनिबार
Search
२०८३ भाद्र २७ शनिबार

यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कपको उपाधि

 

काठमाण्डौ, भदौ २७ :  यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी पुरुष प्रिमियर कपको उपाधि जितेको छ ।  उपाधि जितेसँगै नेपालले एसिया कपमा पनि आफ्नो स्थान पक्का गरेको छ ।

फाइनलमा नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको यूएई ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६९ रनमा समेटियो  ।

यूएईलाई लक्ष्य भेट्नबाट रोक्ने क्रममा करण केसीले तीन, ललित राजवंशीले दुई तथा सन्दीप लामिछाने, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद र गुलशन झाले समान एक–एक विकेट लिए ।

यूएईका लागि मध्यक्रममा ब्याटिङ गर्न आएका राहुल चोपडाले १ सय रनको अविजित पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । आक्रामक सुरुवात गरेको यूएईका लागि सोयब खानले ५२ रनको अर्धशतकीय पारी खेले । ओपनर तनिस सुरीले ४२ तथा हरप्रित भाटियाले ३३ रन बनाए । अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३ सय १३ रन बनाएको थियो । नेपालका ओपनर आशिफ शेखले १ सय २ रनको शतकीय पारी खेले ।

नेपाललाई उच्च योगफलतर्फ डोर्‍याउने क्रममा मध्यक्रमका गुलशन झाले ५२ रनको आक्रामक पारी खेले । उनले चार छक्का र तीन चौकाको मद्दतमा ३८ बलमै अर्धशतक पूरा गरेका थिए । ओपनर अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रनको महत्वपूर्ण योगदान दिए ।

उपाधि जितेसँगै नेपालले एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।