२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

रसुवा बाढीको १९औं दिन : सुरुङभित्र कसरी भइरहेको छ उद्धार?

काठमाडौं, भदौ २८ : रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा पावरहाउस क्षेत्रमा नेपाली सेना, आयोजनाका प्रतिनिधि र विदेशी विज्ञसहितको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यलाई जारी राखेको छ।

नेपाली सेनाका अनुसार रसुवागढी जलविद्युत आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम (सीक्यूआरटी) तथा विदेशी विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र खोजी कार्य गरिरहेको छ।

त्यस्तै लाङ्गटाङ जलविद्युत आयोजनामा विदेशी विज्ञसहितको संयुक्त टोलीले ड्रोनको प्रयोग गरेर सुरुङभित्र खोजी गरेको छ। तर, हालसम्म त्यहाँबाट कुनै व्यक्ति फेला नपरेको सेनाले लालबिहानीलाई बताएको छ।

 
चिलिमे हाइड्रोपावर आयोजनामा भने विदेशी विज्ञसहितको संयुक्त टोलीले एउटा एक्स्काभेटर र एउटा लोडर प्रयोग गरी सुरुङभित्र थुप्रिएको भग्नावशेष हटाउने काम गरिरहेको छ। 

हालसम्म करिब ८५ मिटर क्षेत्रमा भग्नावशेष हटाउने काम सम्पन्न भएको छ। सुरुङनजिकै खोला वारिपारि गर्न तुइन जडान गर्ने कार्यसमेत भइरहेको छ।

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा नेपाली सेना र आयोजनाका प्रतिनिधिले संयुक्त रूपमा खोजी कार्य गरिरहेका छन्। त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको पावरहाउस तथा सुरुङ क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ।

त्यस्तै त्रिशूली-३ ‘बी’ आयोजनामा नेपाली सेनासहितको संयुक्त टोलीले तीनवटा एक्स्काभेटर र एउटा ब्याकहोलडर प्रयोग गरी उत्खनन गरिरहेको छ। उत्खनन गर्दै आयोजनाको आवासगृह रहेको गहिराइसम्म पुगेर खोजी कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।

विभिन्न आयोजनामा सुरुङभित्र थुप्रिएको भग्नावशेष हटाउँदै ड्रोन तथा भारी उपकरणको प्रयोगबाट खोजी कार्य अघि बढाइएको छ। उद्धार टोलीले सुरुङको अवस्था र पहुँचअनुसार फरक-फरक प्रविधि तथा उपकरण प्रयोग गरिरहेको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।