कपिलवस्तु श्रावण १३ : कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका २ सर्वसाधारण र १ बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा महाराजगंज नगरपालिका ३ गनवरियनका ७० वर्षीय र्घोल्लर कुर्मी र ४५ वर्षीय विजय कुमार गुप्ता रहेका छन् । यसैगरी सोही ट्रकको ठक्करबाट महाराजगंज नगरपालिकाका स्थानीय १२ वर्षीय बालक आनन्द कश्यपको पनि मृत्यु भएको छ।
मृतक ३ जनाको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।












