जनकपुर, १४ साउन । सुनसरी घटनाको विरोधमा जनकपुरमा आज बिहानदेखि प्रदर्शन भइरहेको छ । जनकपुरको रामानन्द चोकमा प्रदर्शन गर्दै सडक जाम गरेका प्रदर्शनकारीहरू अहिले अन्य क्षेत्रमा पनि फैलिएका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार, अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । ‘अहिले सुरक्षा समितिको बैठक बसिरहेको छ । परिस्थितिको मूल्यांकन गरेर परेको खण्डमा कर्फ्युसमेत लगाउनुपर्छ कि भन्ने सल्लाह हुँदैछ ,’ उनले भने ।
प्रदर्शनकारीहरू दुई पक्षबीच भडपमा उत्रिएपछि सुरक्षा अवस्थाको मूल्यांकन गर्दै अघि बढिएको सीडीओ लुइँटेल बताउँछन् ।












