२०८३ श्रावण १४ बिहीबार
Search
२०८३ श्रावण १४ बिहीबार

जनकपुरमा कर्फ्यु जारी

 

धनुषा : जिल्ला प्रशासन कार्यालयले जनकपुरमा कर्फ्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले विज्ञप्ति जारी गरेर बिहीबार दिउँसो ३:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

प्रशासनले उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया गा.पा.-७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्वतर्फ बेलौनी रोड- एम.क्यू.स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडक देखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराईन नगरपालिकादेखि नगराईन चोकसम्म र पश्चिमतर्फ सिनुरजोडा-सोहनी-मनिमण्डप-नेपाल-नर्सरी-इस्कोन जनकपुर-दुधमती पुल, बेला, कादरी मस्जिदसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार अर्को आदेश जारी नभएसम्म कर्फ्यु आदेश जारी गरिएको हो । यससँगै सो क्षेत्रमा कसैले आवतजावत गर्न भेला हुन, जुलुस, प्रदर्शन, सभा, घेराउ गर्न पाउने छैनन् । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।