२०८३ श्रावण १९ मंगलवार
Search
२०८३ श्रावण १९ मंगलवार

पद हासिल गर्ने होडबाजीमा कम्युनिस्ट आदर्शबाट विचलन आयो : प्रचण्ड

 

काठमाण्डौ, श्रावण १९  : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि कम्युनिस्ट तथा वामपन्थी सहकार्य आवश्यक रहेको बताएका छन् ।

२४औं बोत्ले स्मृति दिवसका अवसरमा नेकपा, दोलखाले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विगतका मतभेद वा आलोचनालाई छाडेर देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि दृढताका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले विचार र सिद्धान्तको विकास भन्दा पनि केवल पद हासिल गर्ने होडबाजीमा केन्द्रित हुँदा कम्युनिस्ट आदर्शबाट विचलन आएको र मुख्य गल्ती यहीँ भएको स्वीकार गरे ।

अहिले नै पूर्ण पार्टी एकता नभए पनि विभिन्न मुद्दामा टेकेर कार्यगत एकता गर्दै अघि बढ्नुपर्ने उनले बताए । संयोजक प्रचण्डले वामपन्थीहरू मात्र नभई राष्ट्र जोगाउन नेपाली कांग्रेस लगायतका दलहरूसँग पनि सहकार्य आवश्यक रहेको बताए । उनले सडक, सदन र आगामी निर्वाचनमा दृढतापूर्वक प्रस्तुत भएर राजनीतिक परिस्थितिलाई सकारात्मक मोड दिनुपर्ने उल्लेख गरे ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।