२०८३ श्रावण १९ मंगलवार
Search
२०८३ श्रावण १९ मंगलवार

कृषि प्रयोगशालामा कार्यरत महिला कर्मचारीको रहस्यमय मृत्यु

 

बिरेन्द्र नगर, श्रावण १९ । सुर्खेत प्रहरीले एक महिला कर्मचारीको मृत्यु घटनामा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत एक नायब सुब्बालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल विसी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार विसीलाई शनिबार नियन्त्रणमा लिइएको थियो। उनीमाथि अनुसन्धानका लागि आइतबार म्याद थप गरी अनुसन्धान भइरहेको छ। उनका अनुसार वीरेन्द्रनगरस्थित एकीकृत कृषि प्रयोगशालामा कार्यरत २७ वर्षीया चन्द्रा सिंह शनिबार बिहान प्रयोगशालाकै आवासगृहको बाथरुममा बेहोस अवस्थामा भेटिएकी थिइन् ।
उनीलाई उद्धार गरी उनका श्रीमान् हेश बस्नेतले प्रदेश अस्पताल कालागाउँ पुर्‍याएका थिए। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरी प्रवक्ता बोहोराका अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनका श्रीमान्को उजुरीपछि वीरेन्द्रनगरको खजुरा क्षेत्रबाट विसीलाई पक्राउ गरिएको हो।
जाजरकोटको कुशे गाउँपालिका–९ पैँक माइतीघर भएकी चन्द्राको विवाह भेरी नगरपालिका–१ कालेगाउँमा भएको थियो। उनी एकीकृत कृषि प्रयोगशालामा सहायक स्तर चौथो तहमा कार्यरत थिइन् । उनका एक छोरी पनि छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा नायब सुब्बा विसी र चन्द्राबीच शंकास्पद सन्देश आदानप्रदान (च्याट) भएको देखिएको प्रहरीले जनाएको छ। विसीले उनलाई ब्ल्याकमेल गरेको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।