बैतडी,श्रावण ३१ : पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थ्य भएपछि सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइँदैछ ।आइतबार साँझ सवा ६ बजेतिर उनलाई बैतडीको दशरथचन्द नगरपालिका-४ गोठलापानीबाट काठमाडौंतर्फ ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूका अनुसार सुरूमा सेनाको हेलिकप्टर बैतडीबाट कैलालीको धनगढी जाँदैछ।

त्यहाँबाट काठमाडौंतर्फ उड्ने उनले लालबिहानी लाई जानकारी दिए । पछिल्ला केही दिनदेखि मन्त्री लम्साल सुदूरपश्चिमको भ्रमणमा छन् । त्यही भ्रमणको क्रममा उनी शनिबार राति गोठलापानीमा बास बस्न पुगेका थिए । राति देखि नै ज्वरो आउने, घाँटी, हात खुट्टा दुख्ने समस्या देखिएपछि स्थानीय चिकित्सकसँग उपचार गराइएको सूचना अधिकारी थारूले बताए । आइतबार भने थप उपचारका लागि काठमाडौंतर्फ ल्याउन लागेको हो ।












