२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

लुम्बिनी तथा बागमतीका मुख्यमन्त्री आचार्य र बानियाँलेले आज विश्वासको मत लिंदै

 
 
भालुबाङ,भदौ १ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार नेपाली कांग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसले नेकपा एमालेसंगको सत्ता सहकार्य तोड्ने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७ वटै प्रदेशमा सत्ता गठबन्धन गर्ने तीन बुंदे सहमति गरेका थिए । त्यसपछि नेपाली कांग्रेसले प्रदेश सरकारका मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो ।

 

८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा गत फागुनको निर्वाचनमा उम्मेदवार बन्न ४ जनाले राजीनामा दिएपछि अहिले ८३ जना मात्रै सांसद छन् ।

हाल कायम रहेको सदस्य संख्याको आधारमा प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन् ।

सरकारलाई बहुमत जुटाउन ओली र प्रचण्डले एक जना प्रदेश सभा सदस्य रहेको राष्ट्रिय जनमोर्चा (नेपाल कम्युनिस्ट पार्टी मसाल)सँग सहमति गरेको थियो। अहिलेको सरकारमा लोसपा र जसपा नेपालबाट समेत एक-एक जना मन्त्री सहभागी भएकाले यी दलको समेत समर्थन भएमा सरकारलाई सुविधाजनक बहुमत पुग्ने देखिन्छ ।

एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र हालका मुख्यमन्त्री आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने समझदारी भइसकेको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुङ्ग्याउने तयारी छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वाहेक ८ वटा मन्त्रालय कायम भएपछि सत्ता सोझेदार दलहरुबीच मन्त्रालय बांडफाटमा चुनौति देखिन्छ । नयाँ सत्ता समीकरणअनुसार नेकपालाई कुन कुन मन्त्रालय दिने सहमति जुट्न बाँकी रहेको नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्र जित थारूले लालबिहानीलाई बताए ।

प्रदेशको नक्सा | मुख्यमन्त्री ...

हाल मुख्यमन्त्रीसहित एमालेका पाँच र जनता समाजवादी पार्टी नेपालका एक र लोसपाका एक जना मन्त्री सरकारमा छन् । यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पनि आज विश्वासको मत लिने भएका छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।