२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

त्रिशूलीमा आएको बाढीले गोरखा जोड्ने मोटरेबलसहित चार झोलुंगे पुल क्षतिग्रस्त

 

गोरखा , भदौ १० : रसुवाबाट आएको त्रिशूलीको बाढीले पृथ्वीराजमार्गसँग गोरखा जोड्ने एक मोटरेबलसहित चार झोलुंगे पुल क्षतिग्रस्त बनाएको छ । गण्डकी गाउँपालिका ८ र बेनिघाट जोड्ने मोटरेबल पुल बाढीको झोक्काले हल्लाएर क्षतिग्रस्त बनाएको स्थानीय विनोद नहर्कीले जानकारी दिए । 

त्यस्तै वडा नं. ७ स्थित धवानीघाटको पुल, हिक्लुङघाटको पुल, चरौँदीको पुल र इटारको पुल क्षतिग्रस्त बनाएको वडाअध्यक्ष तुलसी रेग्मीले लालबिहानीलाई  जानकारी दिए । ‘बेनिघाट र सिउरेनीटार जोड्ने पुलको आधाभाग पक्की र आधा भाग बेलिब्रिज हो । बेलिब्रिजतर्फ पानी चढेको भए बगाउँथ्यो तर त्यता धेरै असर गरेन’,उनले भने,‘पक्कीपुलतिर धेरै हल्लायो तर बगाएको छैन ।’ अहिले दुईफिट पानी घटिसकेको उनले बताए ।

चारवटा झोलुंगेपुल भने पानीको झट्काले हल्लाएर र स्ल्याब बगाएर क्षतिग्रस्त बनाएको वडाअध्यक्ष रेग्मीले लालबिहानीलाई  बताए । वडा नं. १ बुटारस्थित निर्माणाधीन सुपरत्रिशूली जलविद्युत आयोजनामा बाढी पसेको छ । त्यहाँका मजदुर,उपकरण सबै सुरक्षित ठाउँमा सारिसकेकाले क्षति हुन नपाएको आयोजनाका निरञ्जन रेग्मीले जानकारी दिए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।