२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

सहयोग बोकेर भारतीय र अमेरिकी विमान काठमाडौंमा

भारतीय वायुसेनाको वटा विमान राहत सामग्रीसहित काठमाडौं आएको छ । रसुवाको भोटेकोशी हुँदै अस्ति बिहान आएको भीषण बाढीबाट प्रभावितहरुका निम्ति राहत सामग्री बोकेर विङ कमाण्डर कर्णेल मृत्युञ्जय दत्तको कमाण्डमा ११ जनाको एउटा टोली हिजो दिउँसो सवा १२ बजे काठमाडौं आइपुगेको हो । 

नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले २५ टन राहत सामग्री विज्ञान,प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् । त्यसैगरी, अमेरिकी वायु सेनाको विमान पनि काठमाडौं आएको छ । 

एअर फोर्स सि १३०जे हरक्युलस ट्रेक ११३ उडान नम्बरको विमान थाइल्याण्डबाट मुम्बई हुँदै हिजो दिउँसो  ३ बजेर २१ मीनेटमा आएको हो । भदौ १० गते बिहानको आकस्मिक बाढीले ठूलो धनजनको पुर्याएको छ । बाढी पीडितको उद्धार र राहतका निम्ति विभिन्न मुलुकले सहयोग गरिरहेका छन् ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।