२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

बाढीले क्षति जलविद्युत् आयोजना पुनर्निर्माणमा ५० खर्ब लाग्ने अनुमान

 

काठमाडौं भदौ १५ : भोटेकोशीमा आएको बाढीका कारण १३ जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन् । ती क्षति भएका संरचनाहरूलाई पुनर्निर्माण गर्न करिब ५० खर्ब लाग्ने अनुमान गरिएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले पावरहाउसको सतहमा रहेका पुराना आयोजनामा पूर्ण रूपमा क्षति पुगेको बताए । ‘तर, नयाँ आयोजना जसको पावरहाउस र डिसेन्डर अन्डरग्राउन्ड भएकोमा कम क्षति भएको छ,’ उनले भने, ‘समग्रमा हेर्दा आयोजनाको कुल लागतको ३० प्रतिशतसम्म क्षति पुगेको हुन सक्ने अनुमान छ।’ 

यद्यपि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले यति नै क्षति भएको छ भनेर भन्न नसकिने उपाध्यक्ष लामाले लालबिहानीलाई बताए । उनका अनुसार क्षतिग्रस्त हाइड्रोपावरले सेयर बजारमा केही समय कमी आउन सक्नेछ। ‘सेयर बजार व्यवस्थापन गर्न मन्त्रिपरिषद्ले रिभाइबल गर्न अर्थ मन्त्रालयलाई निर्देशन नै दिइसकेको छ,’ उनले भने । 

कतिपय हाइड्रोपावर कम्पनीहरूको बिमा हुने र त्यसलाई रिफान्सिङ गर्दा एकदेखि दूई वर्षमा फेरि पावर जेनेरेट गर्न थाल्ने उनको भनाइ थियो । क्षति भएका संरचनाहरू लाई नयाँ बनाउन करिब ५० खबै लाग्न सक्ने तर बिमाको हकमा भने बिमाबाट पैसा आउने भएकाले केही हदसम्म राहत मिल्ने उनको भनाइ छ।

बाढीको असर जलविद्युत् कम्पनीको सेयर मूल्यमा समेत देखिन थालेको छ। पुनर्निर्माणसँग जोडिएका उत्पादन तथा प्रशोधन क्षेत्रका भने कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढेको छ। कुन–कुन आयोजनामा पुग्यो क्षति ?  रसुवा र नुवाकोटमा सञ्चालनमा आएका र निर्माणाधीन अवस्थामा रहेका १३ जलविद्युत् आयोजनामा बाढीले क्षति पु र्‍याएको छ।

सञ्चालनमा आएकामा निजी २० मेगावाटको लाङटाङ खोला (परीक्षण चरण), ५ मेगावाटको मेलुङ खोला, १४.८ मेगावाटको मेलुङ खोला एवं प्राधिकरण र प्राधिकरणका सहायक कम्पनीका २५ मेगावाटको सोलार आयोजना, १४ मेगावाटको देवीघाट, २४ मेगावाटको त्रिशूली, ६० मेगावाटको माथिल्लो त्रिशूली ए, २२ मेगावाटको चिलिमे, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना छन्। निर्माणाधीनमा प्राधिकरण र नेपाल टेलिकमको सेयर स्वामित्वका ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी र निजी क्षेत्रका १२० मेगावाटको रसुवा भोटेकोशी, ६.४२ मेगावाटको माथिल्लो मेलुङ ए, २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १५.६ मेगावाटको मध्यत्रिशूली गंगा जलविद्युत् आयोजना छन्।

सुनसरी धरान–१८ का सेयर लगानीकर्ता प्रकाश राईका अनुसार बाढीका कारण हाइड्रोपावरको सेयर क्षेत्रमा केही समय लगानीकर्ताको आकर्षणमा कमी आउन सक्नेछ। ‘बजार अगाडिदेखि नै सबै सेक्टरमा हलचल भइरहेको थियो तर यो प्राकुतिक प्रकोपले त झन् हाइड्रो सेक्टरमा थप चोट पुगेको छ,’ उनले भने, ‘प्रभावित क्षेत्रमा बेहोर्नु परेको जुन क्षति छ, त्यसले बजारमा केही हदसम्म असन्तुलन ल्याउँछ, जसले सेयर बजारमा लगानी गर्ने जोकोहीले अहिलेको अवस्थामा निरुत्साही बनाउन सक्ने मेरो अनुमान छ।’ बाढी प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाको मूल्य घटे पनि सबै आयोजनाको मूल्य नघट्ने राईको भनाइ छ। 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।