काठमाण्डौ,असोज १ : वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय कारबाट ठूलो परिमाणमा पेस्तोल र गोली बरामद गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित वास्तु बिहार चोक नजिक सडकमा बुधबार साँझ रोकेर राखिएको भारतीय नम्बर प्लेटको कारभित्रबाट सशस्त्र प्रहरीले ४ थान पेस्तोल र एसएलआरको ६ राउन्ड गोली बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले सिक्सर पेस्तोल २ थान, कटुवा पेस्तोल २ थान र एसएलआरको गोली ६ राउन्ड बरामद गरेको हो । बरामद पेस्तोल र गोलीसहित उक्त कार नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।












