काठमाण्डौ,असौज १३ : नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल रद्द भएको छ। खेल रद्द हुँदा श्रीलंका आईसीसी वरियताको आधारमा श्रीलंका सेमिफाइनल प्रवेश गरेको छ।
नेपालले समूह चरणमा शानदार प्रदर्शन गरेपनि आज बर्षाका कारण खेल्न नपाएपछि नेपालको यात्रा क्वाटरफाइनलबाटै सकिएको छ।
यसअघि पनि सोमबारका दुवै क्वाटर फाइनलका खेलहरू वर्षाका कारण रद्द हुँदा आइसिसी वरियताका आधारमा भारत र पाकिस्तान पनि सेमिफाइनल प्रवेश गरेका थिए ।












