काठमाडौं । जापानमा आयोजना भइरहेको एसियाली खेलकुदमा पदक विजेता नेपाली कब्बडी टोली थाइल्यान्डको बैंकक एयरपोर्टमा अलपत्र परेका छन् । १५ घण्टादेखि थाइल्यान्डको एयरपोर्टमा उनीहरु बसिरहेका छन् ।
लगातारको फ्लाइट डिले भए पनि ओलम्पिक कमिटी र राखेपको अधिकारीले सो टोलीको समस्या’ चासो राखेका छैनन् । कबड्डी टोलीले एसियाडमा एक काँस्य पदक जितेको थियो । नेपाली टोलीले जितेको सोही एक काँस्य पदक हो ।













