भालुबाङ्ग ,असौज १९ : पूर्वी भूभागमा अझै मनसुनको प्रभाव कायम छ। कोशी, मधेश, बागमती प्रदेशको सबै भू -भाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव छ।
यसको प्रभावले आइतबार रातीदेखि लुम्बिनी प्रदेशमा भारी वर्षा भएको छ।
पछिल्लो एक घन्टामा बाँकेको ढकेरीमा ५२ मिलिमिटर वर्षा भएको छ। बैजपुरमा २५ मिलिमिटर वर्षा एक घन्टामै मापन भएको छ।
पछिल्लो चौबिस घन्टामा कोशीदेखि लुम्बिनी प्रदेशसका पहाड र तराईका भूभागमा वर्षा भएको छ। केही ठाउँमा भारी वर्षा मापन भएको छ।झापाको अनारमनी बिर्तामा ५२.४ मिलिमिटर वर्षा भएको छ। पाँचथरको मेमेङ जगातमा ५५.८ मिलिमिटर, संखुवासभाको खाँदबारीमा ६२.८ मिलिमिटर, सुनसरीको चतरामा ४३.६ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै कपिलवस्तुको रंगाईमा ६३ मिलिमिटर, रूपन्देहीको तुसारेपानीमा ४३.८ मिलिमिटर, बर्दियाको सानो श्री चेपाङमा ५२.६ मिलिमिटर वर्षा पछिल्लो चौबीस घन्टामा भएको छ।












