भालुबाङ्ग, असोज २२ गते। लुम्बिनी प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको निमित्त प्रदेश सचिवको जिम्मेवारी उपसचिव नारायणप्रसाद पौडेललाई दिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका वरिष्ठ कर्मचारी पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रदेश सचिव भई कामकाज गर्न तोक्ने निर्णय गरेको हो ।
पौडेललाई आर्थिक तथा प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने जिम्मेवारी दिइएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोला संघीय मन्त्रालयको पत्रअनुसार अर्थ मन्त्रालयमा सरुवा भएपछि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव पद रिक्त भएको थियो। सोही रिक्त पदमा तत्कालका लागि मन्त्रालयकै वरिष्ठत उपसचिव पौडेललाई निमित्त सचिवको जिम्मेवारी दिने निर्णय भएको भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले जानकारी दिनुभयो।












