२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

काठमाडौं आउँदै गरेको बसबाट लागुऔषध बरामद

 

काठमाण्डौ,असोज २३ : सार्वजनिक बसमा सवार यात्रुबाट ३२.७३० ग्राम खैरो हेरोइन बरामद भएको छ। लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले तीनजना भारतीय र दुईजना नेपालीसहित पाँचजनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित समस्तीपुरका १९ वर्षीय पुष्पम प्रकाश,२५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार छन् । त्यस्तै,धादिङको गल्छी गाउँपालिका–६ की २३ वर्षीया कृष्टी खड्की र २५ वर्षीय रामकृष्ण खड्की पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार शुक्रबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित सुरुङमार्गमा जनकपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट ट्रामाडोलका १ हजार ११० क्याप्सुल,मोबाइल थान ८ र ७५ हजार २२० रुपैयाँ नगद समेत बरामद भएको छ।

प्रहरीले उनीहरूको साथबाट ३२.७३० ग्राम खैरो हेरोइन,ट्रामाडोलका १ हजार ११० क्याप्सुल,आठ थान मोबाइल र ७५ हजार २२० रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेका पाँचैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।