२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

वायुसेवा निगमको चार इन्जिन मर्मतमा ८ अर्ब

 

काठमाण्डौ,असोज २३ : नेपाल वायुसेवा निगमका चारवटा इन्जिन मर्मतका लागि करिब ८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। ठूलो रकम आवश्यक पर्ने भएपछि वायुसेवा निगमले आफ्नै इन्जिन मर्मतसँगै प्रतिस्थापन इन्जिन भाडामा लिनुपर्ने अवस्था आए खर्च अझ बढ्ने देखिएको छ।

केही दिनअगाडि प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले आगामी चारवटा इन्जिन मर्मतका लागि करिब ८ अर्ब रुपैयाँ आवश्यक पर्ने बताएका थिए। उनका अनुसार इन्जिन मर्मत तथा खरिद प्रक्रियामा बिड बन्ड, पर्फर्मेन्स बन्ड र अग्रिम भुक्तानीसम्बन्धी प्रावधानका कारण प्रक्रिया अघि बढाउन समस्या देखिएको छ।

तर यति ठूलो खर्चको अवस्था आउनुमा अहिले देखिएको कानुनी वा खरिद प्रक्रियाको समस्यामात्रै जिम्मेवार हो कि मर्मत व्यवस्थापनमा समयमै योजना नबनाउनु पनि कारण हो भन्ने प्रश्न उठेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सीडीई एरो इन्जिनियर तनुजा पोखरेलले विमानको प्रकारअनुसार मर्मतको समय फरक हुने बताएकी छन्। सीडीई एरो इन्जिनियर पोखरेलले  अनुसार विमानको प्रकारअनुसार निर्माता कम्पनीले मर्मतको समयसीमा निर्धारण गरेको हुन्छ। 

‘त्यसका लागि उडान घण्टा वा उडान चक्रलाई आधार बनाइन्छ। त्यसैले सबै जहाजका इन्जिन एउटै निश्चित समयमा मर्मत गर्नुपर्ने भन्ने हुँदैन,’ उनले भनिन्, ‘इन्जिनको पूर्ण मर्मत अर्थात् ओभरहल पनि निश्चित उडान घण्टा वा उडान चक्र पुगेपछि गर्नुपर्ने प्रमुख प्राविधिक प्रक्रियामध्ये एक हो। यसका लागि सम्बन्धित विमानको मर्मतसम्बन्धी पुस्तिका तथा निर्माता कम्पनीले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्छ।’ 

निगमले प्रत्येक इन्जिनको उडान घण्टा, उडान चक्र, प्राविधिक अवस्था र मर्मतको निर्धारित समयसीमाअनुसार धेरै अगाडिदेखि योजना बनाउनुपर्ने पोखरेल बताउँछिन्। ‘विमानका इन्जिन निश्चित उडान घण्टा, उडान चक्र र प्राविधिक अवस्थाका आधारमा निर्माता कम्पनीले तोकेको मापदण्डअनुसार निरीक्षण तथा मर्मत गर्नुपर्ने हुन्छ,’ उनले भनिन्। 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।