२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

पृथ्वी राजमार्गको गलौँदीमा सडक भासियो

 

काठमाण्डौ,असोज २३: पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी–५ गलौँदी क्षेत्रमा सडक भासिएपछि सवारीसाधनको आवतजावत पूर्णरूपमा रोकिएको छ।

केही समयअघिदेखि सो क्षेत्रमा करिब ६० मिटर सडकखण्ड चर्किएको थियो । अहिले करिब ३५ मिटर सडक भासिएपछि सवारी आवागमनमा रोक लगाइएको हो ।

सडक कुनासम्मै चर्किएकाले थप पहिरो जाने र सडक भासिने जोखिम बढेको छ। सडकको अवस्था जोखिमपूर्ण बनेपछि सम्भावित दुर्घटना रोक्न प्रहरीले उक्त क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाएको नागढुंगा–नौबिसे मुग्लिन पूर्वी खण्डका प्रमुख गुरु प्रसाद अधिकारीले लालबिहानीलाई बताए।

अधिकारीका अनुसार सडक भासिने क्रम अझै नरोकिएकाले सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै सवारीसाधन रोकिएको हो । ‘प्राविधिकहरूको टोली आएर स्थलगत निरीक्षण तथा मूल्याङ्कन गरेपछि मात्र सडकको वास्तविक अवस्था र पुनः सञ्चालनको सम्भावनाबारे भन्न सकिन्छ,’अधिकारीले भने।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।