२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

केन्द्रीय सदस्य उम्मेदवार बिनिता पक्राउ

 

काठमाण्डौ,असोज २४ :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडेकी बिनिता खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूराे(सीआईबी)ले पक्राउ गरेको छ । खुला महिला तर्फबाट उम्मेदवार रहेकी खड्कालाई ब्यूरोको टोलीले राष्ट्रिय सभागृह नजिकैबाट शुक्रबार पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको घटनामा संलग्न रहेकाे खुलेपछि खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले लालबिहानीलाई  बताए । सो प्रकरणमा प्रहरीले यसअघि ४ जनालाई पक्राउ गरेको थियो।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम  दुरुपयोग गरेर ठगेको आरोपमा यसअघि कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञान बहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए ।
केयर गिभरको रोजगारीका लागी इजरायलमा पटाउँछौँ भनेर आरोपीहरूले २ करोड ५० लाख ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका सिवाकोटीले आफूले सङ्कलन गरेको रकम मध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयानमा खुलाएकी छन् । अर्की आरोपी खड्काले पनि ठगीको रकम बाँडफाँड गरेर लिएको खुलेको एसएसपी जबराले बताए ।

चौलगाईं सोज १ मा रामेछापको मन्थलीबाट पक्राउ परेका थिए । वैदेशिक रोजगारीका लागी नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा लिएको थियो । लक्की ड्र मार्फत २ हजार ९९ जना छानिएका थिए । त्यतिबेला लक्की ड्रमा नपरेका १५६ जनालाई ‘हामी पठाइदिन सक्छौँ’ भनेर चौलागाईंको समूहले रकम असुलेको हो। 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।