२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प,दर्जनौं संरचना भत्किए

 

काठमाण्डौ,असोज २४ : मध्य अमेरिकी  पनामामा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ बजे पितालोजा सहर आसपास केन्द्रबिन्दु बनाएर ७.७ म्याग्निच्युडको भूकम्प गएको हो । लगत्तै ६.६ म्याग्निच्यूडको अर्को पराकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)ले जनाएको छ। भूकम्पबाट ठुल्ठूला भवनहरू ढलेका छन् । लगातार परकम्प गएपछि देशभरका विभिन्न स्थानमा मानिसहरूलाई भवनबाट बाहिर निकालिएको छ ।

युएसजिएसका अनुसार पहिलो धक्का पनामाको मध्य भागमा पर्ने हेरेरा प्रान्तको पितालोसा अरिबा बस्तीबाट करिब १० किलोमिटर दक्षिणपश्चिममा केन्द्रित १० किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको थियो ।

भूकम्पपछि राजधानी पानामा सिटीमा मानिसहरू घर तथा कार्यालयबाट बाहिर निस्केर खुला ठाउँमा जम्मा भएका थिए। 

पहिलो भूकम्पपछि पनि लगातार परकम्प गइरहेका थिए। पानामा विश्वविद्यालयका भूकम्पविद्हरूले ४५ भन्दा बढी परकम्प अभिलेख गरेका छन् । तीमध्ये केहीको तीव्रता ५.८, ५.५ र ५.२ म्याग्निच्युड थियो। राष्ट्रपति होसे राउल मुलिनोले शुक्रबार साँझसम्म भूकम्पबाट कसैको मृत्यु भएको आधिकारिक विवरण प्राप्त नभएको बताएका छन्। यद्यपि आगामी घण्टा वा दिनमा क्षतिको विवरण परिवर्तन हुन सक्ने उनले बताएका छन्।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।