२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

आज क्यानडासँग खेल्दै नेपाल

 

काठमाण्डौ, असोज ३१ : ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज बिहान ११:१५ बजे सुरु हुनेछ।

नेपाल र क्यानडा दुवैका लागि यो खेल अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हो। क्यानडा शीर्ष छमा पर्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा छ।

नेपाल पनि लगातार तेस्रो जित निकालेर शीर्ष छमा स्थान सुरक्षित गर्ने योजनामा छ। नेपालले जित निकालेमा एक खेल बाँकी छँदै शीर्ष छमा आफ्नो स्थान सुरक्षित गर्नेछ।

तालिकामा नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ। नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीको नतिजासहित २८ अङ्क जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाले ३५ खेलमा ११ जित, १९ हार र पाँच खेलमा अङ्क बाँड्दै २७ अङ्क हासिल गरेको छ।

यस श्रृङ्खलामा नेपालले सुरुआती दुवै खेल जितेको छ। पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानमाथि ११३ रनको फराकिलो जित निकालेको थियो।

यही लय कायम राख्दै क्यानडाविरुद्ध अर्को जित हात पार्ने नेपालको योजना छ।

यता क्यानडा भने पहिलो खेलको हारको बदला लिँदै शीर्ष छमा पर्ने सम्भावना जीवित राख्न चाहन्छ। उसले पछिल्लो खेलमा ओमानलाई ५८ रनले हराउँदै आफ्नो क्षमता देखाइसकेको छ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।