२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

बलिउड अभिनेताको गाडीमा गोली प्रहार

 

काठमाण्डौ, कार्तिक २ : बलिउड अभिनेता टाइगर श्रफ सवार गाडीमा गोली प्रहार भएको छ।

आइतबार साँझ भारतको मुम्बईस्थित जुहु क्षेत्रमा उनी चढेको बिएमडब्लू गाडीमा आक्रमण भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दि इकोनोमिक टाइम्सका अनुसार टाइगर श्रफ सकुशल छन्। तर उनका गाडी चालक घाइते भएका छन् । उनलाई उपचारका लागि नानावती अस्पताल लगिएको छ।

टाइगर आइतबार फुटबल खेलेर घर फर्किँदै थिए। सोही क्रममा पुष्पा पार्कनजिकै उनको गाडीमा अज्ञात व्यक्तिहरूले गोली चलाएका थिए ।

घटनास्थलमा गोलीका खोका फेला परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीले तीन राउन्ड गोली चलाएका थिए।  इकोनोमिक टाइम्सका अनुसार घटनामा अर्का एक व्यक्ति पनि घाइते छन्। उनी अटोरिक्सा चालक भएको बताइएको छ । घटनापछि मुम्बई प्रहरीले अनुसन्धानका लागि १२ वटा टोली परिचालन गरेको छ ।

प्रहरीले घटनास्थलको फरेन्सिक जाँच गर्नुका साथै सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा आक्रमणकारीको खोजी गरिरहेको छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।