२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन

 

सर्लाही, कात्तिक ४ : सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको बुधबार निधन भएको छ । ब्रह्मपुरी गाउँपालिका –२ घर भएका ८५ वर्षीय साहको बुधबार बिहान काठमाडौँमा निधन भएको हो । अस्वस्थ भएपछि उहाँ उपचारका लागि काठमाडौँ जानुभएको थियो । ब्लड अस्पताल जावालाखेल ललितपुरमा उपचारपछि उहाँ चिकित्सकको सल्लाहमा घर फर्किने तयारीमा रहेकै बेला निधन भएको हो । उहाँको बिहान कोठामै निधन भएको छोरा दिलिप साहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बुवा बिहान प्रेस भएर आज नै घर फर्कने तयारीमा हुनुहुन्थ्यो ।”

मङ्गलबार हवाइजहाजको टिकट नपाएपछि बुधबार फर्कने तयारीमा रहेका गाउँपालिका अध्यक्ष साहको निधन भएको हो । साहको पार्थिव शरीरलाई काठमाडौँबाट अहिले घर ल्याइँदै छ । 

साहलाई केही समयदेखि अप्लाष्टिक एनिमिया (दुर्लभ रगत सम्वन्धी समस्या) देखिएको थियो । छोरा दिलित साहका अनुसार गाउँपालिका अध्यक्ष साहको गत जेठदेखि प्लेट रेट पनि घटेको थियो । साह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।